साझेदारी गर्नुहोस्

वाशिंगटन डिसी: संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले स्पेनका राष्ट्रपति पेड्रो सान्चेजसँग भेटवार्ता गरेकी छन् ।

भेटमा नेपाल र स्पेनबीच आपसी सम्बन्ध थप मजबुत बनाउनेलगायत विषयमा छलफल भएको थियो ।

नेपाल र स्पेनबीच सन् १९६८ को मे १३ तारिखमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।