साझेदारी गर्नुहोस्

मंगलबार अमेरिकी निर्वाचनका लागि भएको हार्वर्ड केनेडी स्कुल इन्स्टिच्युट अफ पोलिटिक्सको एउटा सर्वेक्षण सार्वजनिक भएको छ।

१८ देखि २९ वर्ष उमेर समूहमा ह्यारिसले ट्रम्प माथि ३१ प्रतिशतले अग्रता कायम गरेकी छिन्। मङ्गलबार सार्वजनिक सर्वेक्षणमा ह्यारिसको पक्षमा ६१ तथा ट्रम्पको पक्षमा ३० प्रतिशत समर्थन रहेको पाइएको छ।

रजिस्टर्ड मतदातामा भने यो अन्तर छैन। ट्रम्प २३ अङ्कले पछि छन्। जुलाई महिनाको सर्वेक्षणमा पनि बाइडेन अघि थिए। उनीहरू डेमोक्र्याटले चयन गरेको उम्मेदवार प्रति सहमत थिएनन्।

धेरै ब्याटल ग्राउन्डमा सन् २०२० को निर्वाचनमा अत्यन्त तीव्र प्रतिस्पर्धा भएको थियो। अहिले युवाको माझमा ह्यारिसको लोकप्रियताले ती ब्याटल ग्राउन्डमा असर गर्ने अनुमान गरिएको छ।