साझेदारी गर्नुहोस्

वीरगन्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक संघीयतामा गएपछि देशले विकासमा फड्को मार्न थालेका बताएका छन् ।

पटेर्वासुुगौली गाउँपालिकाले आयोजना गरेको आधारभूत अस्पतालको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा संघीयता आएपछि स्वास्थ्य, शिक्षा जस्ता विषयमा ठुलो फड्को मारिएको बताए ।

सभापति देउवाले भने, ‘मुलुक संघीयताको ढाँचामा छ, जसका कारण सबै नेपालीहरू शिक्षा, स्वास्थ्य जस्ता सेवाहरू सरल ढंगले पाइरहेका छन् । त्यसकारण तपाईँहरू यो ढाँचाको फाइदा लिनुहोला, अस्पतालमा सुलभ सेवा लिनुहोला ।’