साझेदारी गर्नुहोस्

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउविरुद्ध उनका कानुन व्यवसायी बन्दीप्रत्यक्षीकरण रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।

गैरकानूनी रुपमा हिरासतमा राखिएको भन्दै प्रसाईंका तर्फबाट कानुन व्यवसायी टंक दुलालले आज रिट लगेका हुन् ।

अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार, सोमबार बिहान उनी पक्षका कानून व्यवसायीहरुले अदालतमा रिट निवेदन दिएका हुन् । तर, उनको निवेदन दर्ता भइसकेको भने छैन ।

निवेदनसँगै प्रसाईंले आफू क्यान्सरबाट पीडित भएको भन्दै मेडिकल रिपोर्ट पनि बुझाएका छन् । प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई आइतबार भक्तपुरस्थित उनको घरबाट पक्राउ गरेको थियो ।

विद्युतीय माध्यमबाट आफ्नो चरित्र हत्या गरेको भन्दै साइबर ब्यूरोमा एक महिलाले दिएको उजुरीका आधारमा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको थियो ।

आइतबारै प्रसाईंलाई तीन दिन हिरासतमा राखेर विस्तृत अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिइसकेको छ ।