साझेदारी गर्नुहोस्

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपाल भ्रमणमा आउने बताएका छन् । न्युयोर्कमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा मोदीले नेपाल भ्रमणमा आउने बताएका हुन् ।

ओली मोदी भेटपछि परराष्ट्र मन्त्री आरजु राणा देउवाले मोदीको भ्रमणबारे बताउँदै भनिन्, ‘एकदमै सौहार्द वातावरणमा कुराकानी भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीले चाँडै नेपाल आउँछु भन्नु भएको छ ।’

संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका बेला आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी मोदीबीच साइडलाइन भेटवार्ता भएको थियो । आधा घण्टा लामो भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफलमा भएको थियो ।