साझेदारी गर्नुहोस्

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट नौ जना थुनुवा फरार भएका छन् ।

सोमबार बिहान साढे ३ देखि ४ बजेको समयभित्र पुरुष थुनुवा कक्षको भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए।

फरार थुनुवा लागुऔषध तथा अभद्र व्यवहारअन्तर्गत पक्राउ परेका थिए। फरार हुनेमा लागुऔषध मुद्दाका रञ्जित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अमितकुमार छन्। यस्तै अभद्र व्यवहारमा पक्राउ परेका बिक्की कार्की, मनिष मण्डल र सुमित मेस्तर पनि फरार भएका छन्।