साझेदारी गर्नुहोस्

मदन आश्रीत स्मृति प्रतिष्ठानले आगामी मङ्सिर एक गते साधारणसभा गर्ने भएको छ । शुक्रबार गोठाटारमा प्रदीप नेपालको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

उपाध्यक्ष रामेश्वर फुयाल लगायत सहभागी रहेको बैठकले प्रतिष्ठान द्वारा संचालित मदन आश्रीत मेमोरियल पोलिटेक्निक ईन्स्टिच्युटलाई कसरी प्रभावकारी ढंगबाट अगाडी बढाउने र शैक्षिक गुणस्तरलाई थप वृद्धि गर्दै विद्यार्थी भर्ना अभियानमा सक्रिय हुने निर्णय भयो ।

कलेजको शैक्षिक गुणस्तरतालाई आम विद्यार्थी माझ पुर्‍याउन प्रचारप्रसारमा जुट्ने देखि शैक्षिक सुधारमा लागि सक्रिय भएर लाग्ने बारे छलफल भयो ।

यस्तै बैठकले सात दिन भित्र प्रतिष्ठानका पदाधिकारीहरुको सदस्यता नवीकरण गर्ने निर्णय गर्दै सँस्थालाई थप प्रभावकारी बनाउन आवस्यक पहल चाल्ने बताइएको छ ।

बैठकमा प्रतिष्ठानमा आवद्ध कृष्ण हरि थापा, मधु तिमल्सेना, सुरेश निरौलाका साथै मदन आश्रीत मेमोरियल पोलिटेक्निक ईन्स्टिच्युटका प्रीन्सिपल केशव पुडासैनी लगायतका व्यक्तित्वहरुको उपस्थिति रह्यो ।