साझेदारी गर्नुहोस्

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाको वेबसाइटमा उक्त प्रतिवेदन शुक्रबार प्रकाशन गरिएको हो । समितिले तीन महिनाभन्दा लामो समय अध्ययन र छानबिन गरी प्रतिवेदन तयार पारेको हो।

नेकपा (एमाले) का सांसद सूर्य थापा सभापतित्वमा रहेको सात सदस्यीय समितिले गत भदौ ३१ गते प्रतिनिधि सभामा सहकारीसम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।

सोही दिन सभामुख देवराज घिमिरेले प्रतिवेदन सरकारलाई पठाउन निर्देशन दिएका थिए । गत असोज २ गतेको मन्त्रिपरिषद बैठकले सहकारीसम्बन्धी प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो ।

नेपाली कांग्रेसले सहकारी बचत अपचलनमा लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेपछि जेठ १५ गते उक्त समिति बनेको थियो । यो प्रतिवेदनले सहकारी बचत रकम अपलचनमा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहितलाई कारबाही सिफारिस गरेको छ ।

हेर्नुहोस् पूर्णपाठः

Sahakari Chhanbin samiti-pratibeshan Final