साझेदारी गर्नुहोस्

नेकपा एमालेको कागेश्वरी मनोहरा नगर कमिटीले सरसफाइ कार्यक्रम गरि संविधान दिवस मनाएको छ । बिहिवार काठमाडौँको थली देखि सुरु भएको अभियान सडका खाल्डाखुल्डीहरु पुर्दै र सरसफाइ गर्दै अघि बढेको छ ।

कार्यक्रममा संविधान सभा सदस्य एवं बाग्मती प्रदेशका पुर्व मन्त्री तथा एमाले पोलिट्ब्युरो रामेश्वर फुयाल लगायत पार्टी निकट जनप्रतिनिधि, स्थानीय नेता तथा कार्यकर्ताहरूको सहभागिता रह्यो ।

उक्त सरसफाइ कार्यक्रममा बोल्दै नेता फुयालले भने : `आज संविधान दिवस हो, त्यसैले यो दिवस हामी सरसफाइ अभियान बाट गर्छौं । जसको अर्थ यो पनि लागोस नेकपा एमाले हरेक कुराको सुद्धिकरण र सफाइ चाहन्छ ।

पुराना र मैलो लागेका वस्तुको खिया हटाउछ अनि नयाँ रुप दिन्छ र समय अनुकुल आफूलाई रूपान्तरित गर्दै जान्छ ।´ यस्तै फुयालले सरसफाइ अभियानको उद्धेश्यलाई संविधान संशोधनको मुद्धा संग समेत जोडेका छन् ।

संविधान आफैमा गतिशील दस्तावेज भएकाले यसलाई पनि जनचाहना र आवस्यकता अनुसार सुद्धिकरण गर्दै लैजानु पर्ने बताए । देशले धान्न नसक्ने अनावश्यक खर्च कटौती गर्दै प्रशासनिक संरचनाहरुमा समेत हेर गर्नुपर्नेमा उनको जोड छ ।