साझेदारी गर्नुहोस्

काठमाडौं – नायक श्रीदेव भट्टराई ग्लोबल स्टार्स अवार्ड 2024 बाट सम्मानित भएका छन् । भारतको पटनामा सम्पन्न ग्लोबल स्टार्स अवार्ड 2024 बाट अवार्ड प्राप्त गर्दै सम्मानित भएका हुन् ।

निरुलाज एन्ड कम्पनीको प्रस्तुति रहको उक्त कार्यक्रममा प्रमुख अतिथि बिहारका बिज्ञान तथा प्राविधि मन्त्री सुमित कुमार सिङ हुनुहुन्थ्यो भने सेलिब्रेटी गेस्टको रुपमा चर्चित बलिवुड एक्ट्रेस पुनम धिलोन हुनुहुन्थ्यो। सङ्रीला पेलेसमा भएको उक्त कार्यक्रमले पटनामा एउटा छुट्टै रौनक ल्याएको देखिन्थ्यो।

नायक श्रीदेव भट्टराई ले यसै बर्ष मात्रा भारतको तिन अवार्ड हात पारिसकेका छन। विगत लामो समयदेखि नेपाली कलाकारिता क्षेत्रमा सक्रिय रहदै आएको श्रीदेव ले बि:स २०६०सालमा फिल्म भाइमारा नामक चलचित्रबाट उदाएका भट्टराई ले दर्जन चलचित्र, तथा सयौं गीतमा अभिनय गर्नुको साथै बिज्ञापनमा समेत काम गसकेका छन् ।

धेरै देशहरुमा कार्यक्रम गर्नुका साथै प्रसस्तै अवार्ड , सम्मान हात पारिसकेका छन। नायक भट्टराईले कलाकारितामा नेपालको अहिले सम्म एकमात्र अनुसाशित अभिनेता को अवार्ड कतारमा हात पारे भने बिस्वको सबै भन्दा अग्लो स्थानमा म्युजिक भिडियो मार्फत अभिनय गर्ने अभिनेताको रुपमा गिनिज बुक अफ वल्ड मा नाम समेत लेखाएका छन जुन अहिले दम्म केहिले त्यो रेकर्ड ब्रेक गरिसकेका छ्न।अहिले पनि भट्टराई कलाकारीतामा उत्तिकै सक्रिय छन् ।