साझेदारी गर्नुहोस्

पवित्र हलेसीधाम बचत तथा ऋण सहकारी संस्थाले १७ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।  

सहकारीले भदौ २९ गते शनिबारका दिन साधारणसभा सम्पन्न गर्दै आफ्ना शेयरधनीसदस्य, शुभेच्छुक लगायत सबैको सुझावलाई आत्मसात गरेर निरन्तर अघि बढ्दै आएको जानकारी दिएको हो ।

बार्षिक साधारणसभामा बोेल्दै कार्यक्रमका प्रमुख अतिथि प्रमुख अतिथि नेफ्स्कुनका अध्यक्ष चन्द्र ढकालले संस्थाको हालसम्मको यात्राको प्रशंशा गरे । आगामी दिनमा पनि संस्थाले अझ प्रगति गर्दै अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

साधारणसभामा आफ्नो धारणा राख्दै सहभागी अतिथि वक्ताहरुले सहकारी मूल्य, मान्यता पालना गर्ने विषयमा संस्था निरन्तर लागिरहने विश्वास व्यक्त गरे ।

भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिका वडा नम्बर ३ गठ्ठाघरमा रहेको सहकारीले आफ्ना शेयरधनी सदस्यहरुको सुझाव र मार्गनिर्देशनमा आफ्नो यात्रा अघि बढाउँदै आएको जनाएको छ । सदस्य सेवामा विशेष जोड दिई संस्थाका क्रियाकलपाहरु संचालन गरेको संचालक समितिको दाबी छ ।

१७ औं बार्षिक साधारणसभामा पनि सहकारीले अघिल्ला बार्षिक साधारणसभामा जस्तै शेयरधनीसदस्यका छोराछोरीलाई शैक्षिक सम्मान, उत्कृष्ट बचतकर्तालाई सम्मान गरेको छ । त्यस्तै, संस्थाका जेष्ठ शेयरधनी सदस्यहरु समेत सम्मानित भएका छन् ।

साधारणसभामा बोल्दै सहकारी संस्थाका संस्थापक अध्यक्ष नारायण प्रसाद न्यौपानेले पवित्र हलेसीधाम सहकारीले भक्तपुर जिल्लामा सफल सहकारीको पहिचान बनाउन सफल रहेको बताए ।

बार्षिक साधारणसभामार्फत् सहकारी संस्थाले विभिन्न आरोह, अवरोह पार गरेर सदस्यहरुको सहभागिता बढाउँदै आएको बताएको छ । आगामी दिनमा पनि सदस्य लक्षित सेवामा निरन्तर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ । “सबै सधैंका लागि” अनि “सानो पुँजी, ठूलो सपना, हलेसी धामले पूरा गर्नेछ, हाम्रो मनकामना” भन्ने संस्थाको नाराझैं निरन्तर अघि बढिरहेको छ, पवित्र हलेसीधाम बचत तथा ऋण सहकारी संस्था लिमिटेड ।

१७ औं बार्षिक साधारणसभामा बोल्दै पवित्र हलेसीधाम बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीले सहकारीको भावी योजना र रणनीतिबारे आ-आफ्नो धारणा राखेका छन् । सहकारी संस्थाका अध्यक्ष अर्जुन कुमार गैरापिप्ली ले आफ्ना सदस्यहरु लक्षित सेवामा संस्था सधैं लागि परिरहने जानकारी दिए ।

संस्थाका उपाध्यक्ष प्रकाशचन्द्र ढुंगेलले सहकारीको प्रगति उत्साहजनक रहेको बताए । सचिव मातृकाप्रसाद भट्टराईले सहकारी संस्थाले सदस्यहरुको सक्रियता बढाउँदै आएको उल्लेख गरे ।

संस्थाका कोषाध्यक्ष नारायणप्रसाद चौहानले संस्थाको वित्तिय अवस्था मजबुद रहेको दाबी गरे । संस्थाका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक महेशचन्द्र गौतमले पवित्र हलेसी सहकारीको कर्जा लगानी र असुलीको अनुपात उत्साहजनक रहेको जानकारी दिए ।

सहकारी संस्थाका कानुनी सल्लाहकार जित बहादुर चौहानले सहकारी मूल्य, मान्यता पालनामा निरन्तर प्रतिबद्ध रहेकाले संस्थाल सफल पहिचान कायम गरेको उल्ल्लेख गरे ।

पवित्र हलेसीधाम बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष नारायण प्रसाद न्यौपाने ले आफ्ना शेयरधनीसदस्यहरुको राय, सल्लाह र सुझावलाई ध्यान दिएर संस्था अघि बढेको बताए ।

पवित्र हलेसीधाम बचत तथा ऋण सहकारी संस्था सहकारी संस्था लिमिटेडले आगामी दिनमा पनि सहकारीको पहिचानलाई कायम राख्दै सदस्यहरुको सहभागिता र सक्रियता बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

बार्षिक साधारणसभामार्फत् आगामी योजनाहरु सार्वजनिक गरिएका छन् । अल्पकालिन र दीर्घकालिन रणनीति बनाउँदै संस्थाले सदस्य संख्या विस्तार र गुणस्तरीय सेवा प्रदान गर्ने आफ्नो लक्ष्यमा कटिबद्ध रहने जानकारी दिएको छ ।