साझेदारी गर्नुहोस्

बागलुङ गलकोट नगरपालिका वडा नं २ घुङखानीमा भएको दुर्घटनामा पूर्व रुकुमको पुथा उत्तरगंगा गाउपालिका उपाध्यक्षसहित ३ जनाको मृ’त्यु भएको छ ।

दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढामगरसहित ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

फेला परेको शव मध्ये एकजना गाउँपालिका उपाध्यक्षको भएको प्रहरीले जनाएको छ   अन्य दुई जनाको सनाखत हुन सकेको छैन् ।

नरेठाँटी प्रहरी चौकीका अनुसार रा १ झ २०० नम्बरको सरकारी पिकअप गाडी आज बिहान पौने ९ बजेतिर सडकबाट करिब ३ सय मिटर तल खस्दा दुई महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।