साझेदारी गर्नुहोस्

नेपाली बजारमा शुक्रबार सुनको मूल्य एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ३०० रुपैयाँमा निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यही भदौ २६ गते छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । नेपाली बजारमा त्यो यसअघिको ‘रेकर्ड’ थियो । त्यो रेकर्ड आज ब्रेक भएको हो ।

बिहीबार (हिजो) भने छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।