साझेदारी गर्नुहोस्

साताको अन्तिम शेयर बजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३ हजारको विन्दुबाट निरन्तर ओरालो लागेर २५०० विन्दुको नजिक पुगेर फेरी बजार फर्किएको छ ।

बिहीबार नेप्से ७८.१७ अंकले बढेसँगै अब नेप्से बढ्ने चर्चा सुरु भएको छ । आज नेप्से २.९९ प्रतिशतले बढेर २६८८.३८ विन्दुमा पुगेको छ । आज प्रि-ओपन सेसनमा १५ अंकले बढेर सुरु भएको बजार खुलेको केही समयमै तल झरेको थियो ।

बजार तल झरेको भएपनि २६०० तल भने बजार आएन । १२ बजेर ११ मिनेटबाट निरन्तर उकालो लागेको शेयर बजार बजार बन्द हुँदा भने २६८८ विन्दुमा आएर रोकिएको थियो । दुई पटक बजार तल झर्न खोजेको भएपनि खरिदकर्ता हाबी भएकाले गर्दा बजार तल भने झर्न सकेको देखिएन ।