साझेदारी गर्नुहोस्

नेपाली बजारमा आज (सोमबार) पनि सुन–चाँदीको मूल्य घटेको छ ।

आइतबार प्रतितोला ६ सय रूपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला तीन सय रूपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार सात सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो ।