साझेदारी गर्नुहोस्

बा !

अनुशासन
पारदर्शीता
ईमान
परिश्रम
तथ्यका आधारमा सत्यको खोजी
सन्तुलित सकारात्मक सोच
विनम्रता
सकृयता

न्यायपूर्ण समाजको कल्पना
बा तपाईबाट सकेँ
आदर
सम्मान

सधैँ दिएँ।
तपाईले देखाएको रेखा मै हिडेँ
तर
लाखौँ बा,आमा,सन्तानहरुका लागि काम गर्दा
पूरै समय दिन सकिन

मनमोहन र तपाईलाई दाहिने हात कै बाँमा अड्याउने
मिलेको थियो संयोग
तर
जिन्दगीभर बचाउन सकिन


अपूरा छन् तपाईहरुका सपनाहरु !
धेरै नै छन् परिकल्पनाहरु
कहिले पूरा होलान ?
एक दिन त पूरा होलान परिकल्पनाहरु !

क्षमा
बाहरु !
हार्दिक श्रध्दाञ्जलि बाहरु !

✍️कवि तथा राजनीतिज्ञ, रामेश्वर फुयाल