साझेदारी गर्नुहोस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रो टिम बनेपछि नेतृत्व छोड्ने बताएका छन् । शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले पार्टीको अध्यक्ष पद आफ्ना लागि ठूलो कुरा नभएको बताए ।

‘म ७० वर्ष कट्दै छु, सधैँ नेतृत्वमा बसिरहनुपर्छ भन्ने छैन, अध्यक्ष पद मेरा लागि ठूलो हैन ।’ जनार्दन शर्मालाई साथमा राखेर उनले भने, एउटा राम्रो टिम बनेपछि म अर्को भूमिकामा जाने सोचिरहेको छु।’ शर्माले हालै पार्टीमा नेतृत्व हस्तान्तरणको कुरा उठाएका थिए।र, यसले हलचल ल्याएको थियो ।

प्रचण्डले पत्रकार सम्मेलनमा शर्माले पार्टीमा राखेको लिखित प्रस्तावलाई सहज रूपमा लिएको बताए । प्रस्ताव पार्टी बनाउने चिन्ताका साथ आएको र आफूले सहज रूपमा लिएको प्रचण्डको भनाइ छ ।

‘तत्कालका तत्कालै नेतृत्व हस्तान्तरण भन्ने हुँदैन, प्रभाकरले पनि अहिले नै अर्को अध्यक्ष बनाउने भन्नु भएको होइन, प्रभाकरजी यहीँ हुनुहुन्छ, उहाँ आफैँले यो मेरो फरक प्रस्ताव होइन,

अरू साथीहरूले मौखिक राख्नुभयो, मैले लिखित राखेको हुँ, भोलि केन्द्रीय समितिको बैठकमा यसलाई आत्मसात् गरेर लिएपछि मेरो पनि आत्मसात् गरियो भन्ने हुन्छ भनेर भन्नुभयो ।’ प्रचण्डले भने ।