साझेदारी गर्नुहोस्

सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डीसी)लाई नियुक्त गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले डीसीलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार बोर्डको अध्यक्षका लागि तीन जनाको अन्तिम सूची मन्त्रिपरिषद्मा पठाइएको थियो। ती मध्ये डीसीलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरिएको ती मन्त्रीले जानकारी दिए ।