साझेदारी गर्नुहोस्

खोटाङको हलेसीबाट काठमाडौँ आउँदै गरेको हाइलेक्स गाडी सुनकोसी नदीमा खसेको छ। सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ कुडुलेमा भक्तपुरका लागि आउन लागेको हाइलेक्स शनिबार दिउँसो सुनकोसी नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेका अनुसार दुर्घटना भएको स्थान नजिकै उक्त गाडी भेटिएको छ । गाडीसँगै बेपत्ता भएका तीन जना यात्रुलाई फेला पार्न नसकिएको जानकारी दिए ।

गाडीमा ४ जना सवार थिए। सवार चारमध्ये तीन जनासहित हाइलक्स बेपत्ता भएको प्रहरीले जनाएको छ।

प्रहरीका अुनसार, एक जनाले भने गाडीबाट हामफालेर ज्यान जोगाएका छन्। उनीहरू सबै भक्तपुरको सुर्यविनायक नगरपालिका, जगातीका रहेको प्रहरीले जानकारी दिएको छ।

सुर्यविनायक नगरपालिका, जगातीका ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा नदीमा बेपत्ता छन्। २७ वर्षीय सुशान्त कक्षपतिले भने ज्यान जोगाएका छन्। उनी अहिले प्रहरीको सम्पर्कमा रहेको र अवस्था सामान्य रहेको बताइएको छ।