साझेदारी गर्नुहोस्

महिलाका पीडालाई समेटेर हरेक वर्ष गायिका विष्णु माझीले गीतहरु ल्याउने गर्छिन्। जसकारण माझीका गीतको दर्शकहरुमा निकै पखाई हुन्छ। यसवर्ष पनि दर्जनौं तीज गीत सार्वजनिक भए। यद्यपि गीतले विगतमा जस्तो चर्चा पाएनन्। बरू कतिपय गीतको आलोचना भयो।

यस्तोमा लोक संगीतप्रेमी स्रोता–दर्शकको जिज्ञासा थियो– विष्णु माझीको गीत कहिले आउँछ ? पछिल्ला वर्ष अरू समयमा उनका गीत नआए पनि तीजमा सधैं ल्याउने गरेकी छन्। त्यसैले यसपालि पनि उनको स्वरका प्रशंसकहरू नयाँ गीत पर्खिरहेका थिए।

अन्ततः विष्णु माझीको यसवर्षको तीज गीत युट्युबमा सार्वजनिक भएको छ। यस वर्ष पनि विष्णु माझीको स्वरमा तीज गीत ‘आइनँ आमा यो तिजमा’ बोलको गीत सार्वजनिक भएको हो ।

‘पुतलीको भट्टी भाग २०’ मा समावेश गरिएको गीतमा विष्णुको एकल स्वर सुन्न सकिन्छ। विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको गीतलाई आशिष अविरलले एरेन्ज गरेका छन्। गीतमा तीजमा माइत जान नपाएको कुरालाई समेटिएको छ।