साझेदारी गर्नुहोस्

ती जिल्ला भएर बग्ने साना–ठूला खोलामा आकस्मिक बाढी आउने जोखिम रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

विभागका अनुसार पछिल्लो ६ घन्टामा नवलपुरको डन्डाबजारमा १५६.४ मिलिमिटर वर्षा भएको छ ।

चितवनको शक्तिखोरमा १०४.८, चितवनकै देवघाटमा १०१.८, पाल्पाको अर्चलेमा १०४.८ मिलमिटर वर्षा भएको छ ।

बाढी पूर्वानुमान महाशाखाले नारायणगढ–मुग्लिन सडक खण्डका केही साना खहरेहरूमा आकस्मिक बाढी, गेग्रान बहाव र पहिरोको जोखिम औंल्याएको छ । त्यस सडक भएर यात्रा गर्दा यात्रा गर्दा उच्च सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।