साझेदारी गर्नुहोस्

कलाकार पवन खतिवडालाई ‘ग्यालेक्सी एक्सिलेन्स द बेस्ट एक्टर (टेलिफिल्म) अवार्ड’ बाट सम्मान गरिएको छ । शनिबार काठमाडौँको हायात प्यालेसमा आयोजित एक कार्यक्रममा उनलाई  सम्मान गरिएको हो ।

निकिला मिडिया नेटवर्क द्वारा समाजमा विभिन्न क्षेत्रमा रहेर देशको लागि सेवा गर्दै आएका फरकफरक विधाका व्यक्तित्वहरुलाई प्रदान गरिने  उक्त ग्यालेक्सी एक्सिलेन्स अवार्डले कलाकार खतिवडालाई सम्मान गरिएको हो ।

उनलाई नेपाल सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी मधेस प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादव लगायतका उच्च पदस्थ व्यक्तिहरुले उक्त अवार्ड हस्तान्तरण गरेका हुन् ।

यसो त खतिवडा विगत लामो समयदेखि नेपाली कलाकारिता क्षेत्रमा सक्रिय छन् । बि:स २०४८ सालमा कर्म नामक चलचित्रबाट बालकलाकारको रुपमा उदाएका खतिवडाले दर्जनौं चलचित्र तथा टेलिचलचित्रमा काम गसकेका छन् ।

सडक नाटक र रंगमञ्च हुँदै सिनेमाका पर्दाहरुसम्मको यात्रा थालेका उनि बाबा कलाकारको उपनामले समेत चिनिन्छन । जुन टेलिचलचित्र ब्रेकफेलबाट जन्मिएको नाम हो । खतिवडाले अभिनय गरेका चलचित्रहरुमा जीवनदाता, विष, जय शिवशङ्कर ,बडिगार्ड लगायत छन् भने टेलिचलचित्रमा हिजो आजका कुरा, जिरेखुर्सानी, मोड, किनारा, बचपन, अदृश्य घाउ, जीवनचक्र आदि छन् । अहिले पनि खतिवडा कलाकारीतामा उत्तिकै सक्रिय छन् ।