साझेदारी गर्नुहोस्

काठमाडौं । अभिनेत्री अरुणिमा लम्साल विवाह बन्धनमा बाँधिएकी छन् । उनको यो दोस्रो विवाह हो ।

उनले धरान चतरा घर भएका युवराज श्रेष्ठसँग बत्तीसपुतलीको राम मन्दिरमा लगनगाँठो कसेकी हुन् ।

विवाहपश्चात अरुणिमा फेरि अमेरिका फर्किनेछिन् ।

युवराज श्रेष्ठसँग अरुणिमाको दोस्रो विवाह

यसअघि अरुणिमाको विराटनगरका अमित अर्यालसँग प्रेम विवाह भएको थियो ।

विवाहको ६ वर्षपछि पहिलो सन्तानका रुपमा अरुणिमाले छोरी जन्माएकी थिइन् । सन्तान प्राप्तिसँगै उनीहरु अमेरिका पलायन भए । अमेरिका गएको केही समयमा उनीहरुबीच सम्बन्ध विच्छेदको खबर बाहिरिएको थियो ।

अमेरिकामा बस्दै आएकी अरुणिमा करिब एक महिना अगाडि नेपाल आएकी हुन् ।