साझेदारी गर्नुहोस्

भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी छन् । उनीहरुबीच सोमबार साँझ भेटवार्ता भएको हो ।

भेटवार्तामा परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तो मोदीलाई हस्तान्तरण गरेकी छन् ।

भेटमा भारतको तर्फबाट विदेशमन्त्री एस जयंशकर, सुरक्षा सल्लाहकार अजित डोभल लगायतको सहभागीता रहेको थियो । भने नेपालको तर्फबाट दूतावासका अधिकारीहरु सहभागी थिए ।

भेटवार्तामा नेपाल-भारत सम्बन्धलाई थप सुमधुर बनाउन, सहयोग अभिवृद्धि गर्न र पारस्पारिक हितका विषयमा छलफल भएको बताइएकाे छ ।