साझेदारी गर्नुहोस्

सूर्योदय वोमी लघुवित्त वित्तिय संस्थाले आफ्ना शेयरधनी सदस्यहरुलाई १४ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ ।

राष्ट्रिय स्तरको लघुवित्त संस्था सूर्योदय वोमीको शुक्रबार सम्पन्न भएको बाह्रौं बार्षिक साधारणसभाले यस्तो निर्णय गरेको हो । बार्षिक साधारणसभामा शेयरधनीको उल्लेख्य सहभागिता रहेको थियो ।

काभ्रेपलान्चोक जिल्लाको साँगामा केन्द्रीय कार्यालय र ललितपुर जिल्लाको इमाडोलमा कर्पोरेट कार्यालय रहेको सूर्योदय वोमी लघुवित्तले देशभरका ५५ जिल्लामा रहेका १ सय ९२ शाखा संजालमार्फत् लघुवित्तको सेवा पुर्याउँदै आएको जानकारी दिएको छ ।

बाह्रौं बार्षिक साधारणसभामा सूर्योदय वोमी लघुवित्त वित्तिय संस्थाका अध्यक्ष लेखनाथ खनियाले आर्थिक वर्ष २०७९/०८० को बार्षिक प्रतिवेदन प्रस्तुत गर्दे संस्थाको हालसम्मको यात्रा सफल रहेको बताए ।

लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनीले संस्थाको बचत, संकलन, ग्राहक संख्या, शाखा संख्या जस्ता सूचक सकारात्मक रहेको र आगामी दिनमा ग्राहक लक्षित सेवालाई अझ जोड दिएर अघि बढ्ने उल्लेख गरे ।

सूर्योदय वोमी लघुवित्त वित्तिय संस्थाका कम्पनी सचिव तथा नायव प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले संचालन गरेको बाह्रौं बार्षिक साधारणसभामा संस्थाका संचालकहरु विन्दीया श्रेष्ठ प्रधान, अनन्तकुमार श्रेष्ठले स्वच्छ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो लघुवित्तिय सेवा प्रदान गर्ने लक्ष्यमा प्रतिबद्ध रहेको बताए ।

बाह्रौं बार्षिक साधारणसभामा एक दर्जन शेयरधनीसदस्यहरुले संस्थाको गतिविधिहरुप्रति आफ्नो विश्लेषण,राय तथा सुझाव दिएका थिए ।

साधारणसभामा आर्थिक वर्ष २०७९/०८० को कर दिवसमा आर्थिक वर्ष २०७९/०८० मा समेत नेपाल सरकारलाई काभ्रेपलान्चोक जिल्लाबाट सबैभन्दा बढी आयकरमा योगदान गरे बापत संस्थाले सम्मान प्राप्त गरेको समेत जानकारी दिइयो ।