साझेदारी गर्नुहोस्

क्यानडास्थित नेपाली दूतावासले पर्याप्त जानकारी र तयारी गरेर मात्रै अध्ययनका लागि क्यानडा आउन विद्यार्थी तथा अभिभाकलाई सुझाव दिएको छ । लहड र अरुको उक्साहटमा आउने विद्यार्थीले समस्या भोगिरहेको दूतावासले जनाएको छ ।

आफूले अध्ययन गर्ने कलेज, अध्ययन गर्ने विषय, लाग्ने खर्च, कलेज रहेको सहर आदिबारे पर्याप्त जानकारी लिएर मात्रै प्रक्रिया अगाडि बढाउन दूतावासले सुझाव दिएको छ ।

अतिरञ्जित प्रचार भर परेर पूर्ण तयारी नगरी आउँदा विद्यार्थीले विविध समस्या व्यहोर्नु परेको यथार्थलाई ध्यान दिन पनि दूतावासले आग्रह गरेको छ ।