साझेदारी गर्नुहोस्

काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्ग सडक खण्डमा सुक्खा पहिरो जाँदा बाटो अवरूद्ध भएको छ ।

शनिबार बिहान सडक खण्डमा सुक्खा पहिरो जाँदा बाटो अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक डिएसपी राजमुकार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार शनिबार बिहान काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-८ को ५३ किलो स्थित राजमार्ग सडक खण्डमा सुक्खा पहिरो गएको थियो ।

ढुंगा झरेर दुई तर्फि सडक अवरोध हुँदा बाटो अवरूद्ध भएको छ ।

यस्तै, घटनास्थलमा प्रहरी टोलीले स्थानीय निकाय र सडक विभागसँग समन्वय गरी सडक खुलाउन पहल गरिरहेको जनाइएको छ ।