साझेदारी गर्नुहोस्

साउन ३२ गते कार्यक्रम समापन हुँदै गर्दा सोधपुछका लागि पुगेका सादा पोशाकका प्रहरी र आयोजक पक्षबिच झडप भएको हो।

कोटिहोम विवादित भएका खबर सार्वजनिक भएपछि सोधपुछका लागि पुगेका प्रहरीमाथि आयोजक विजय भण्डारीका समर्थकले आक्रमण सुरु गरेपछि पशुपति क्षेत्रमा तनाव भएको हो।

कार्यक्रम आयोजक भण्डारीसँग सोधपुछ गर्न सादा पोशाकका प्रहरी घटनास्थलमा पुगेका थिए। तर, त्यहाँ उपस्थित केही व्यक्तिले प्रहरीमाथि हातपात गरेका हुन्।

कोटिहोममा विवाद मच्चाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।