साझेदारी गर्नुहोस्

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे भन्ने ठाउँमा आएको बाढीको कारण १४ वटाभन्दा बढी घर बगाएको छ ।

सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले दिएको जानकारी अनुसार एउटा विद्यालय, तीन वटा क्लिनिकसहित १४ वटा घरमा पूर्ण क्षति भएको हो । अन्य ७ वटा घरहरू जोखिममा रहेको जानकारी आएको उनले बताइन् ।

त्यस्तै, उनले एउटा छात्रावास पनि बगेको जानकारी दिइन् । उनले मानवीय क्षतिको विवरण नआएको बताइन् ।

घटनास्थलमा नेपाली सेना र नेपाल प्रहरीको टोली पुगिसकेको छ । यसैबिच जल तथा मौसम विज्ञान विभागले पनि दूधकोशी नदी आसपासमा जोखिम बढेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।