साझेदारी गर्नुहोस्

नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।

अघिल्लो दिन १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा कुनै परिवर्तन नभएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार तोलामा ५ रुपैयाँले बढेको चाँदी आज १ हजार ७ सय ४० रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ४५४ डलर र चाँदी २७.८४ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले उल्लेख गरेका छन् ।