साझेदारी गर्नुहोस्

निर्माणको चरणमा रहेको चलचित्र ‘छक्का पञ्जा–५’को गीत सार्वजनिक भएको छ । युट्युबमार्फत आज निर्माणपक्षले गीत सार्वजनिक गरेको हो ।

‘बिहे भाको छैन…’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार दीपकराज गिरी, वर्षा शिवाकोटी फिचर्ड छन् ।

सविन सुवेदी र बेनिशा पौडेलको स्वर रहेको गीतमा दीपकराज गिरी र दीपक शर्माको शब्दरचना छ । संगीत दीपक शर्माले गरेका छन् ।

‘छक्का पञ्जा–५’ चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी छन् । असोज २४ गते रिलिज हुने चलचित्रमा दीपक र वर्षासँगै केदार घिमिरे, निर्मल शर्मालगायत छन् ।