साझेदारी गर्नुहोस्

काभा महिला भलिबल लिगमा उपाधिका लागि आज नेपाल र भारत भिड्दै छन् । यी दुईबीचको खेल साँझ सवा ५ बजे दशरथ रङ्गशाला कभर्डहलमा हुनेछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार भएका सेमिफाइनलबाट नेपाल र भारत फाइलनमा प्रवेश गरेका हुन् ।

दोस्रो सेमिफाइलनमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । नेपालले खेल २५–२१, २८–२६, २५–२० ले खेल आफ्नो पक्षमा पारेको हो ।

यसअघि हिजै भएको पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३–० कै सोझो सेटमा हराएको थियो । भारतले २५–१५, २५–१६ र २५–२३ ले नतिजा आफ्नो पक्षमा पारेको थियो ।

आज दिउँसो २ बजे दुई पराजित टोलीबीच तेस्रो स्थानका लागि खेल हुनेछ ।