साझेदारी गर्नुहोस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक उपचारका निम्ति आइपुग्ने बिरामीलाई स्थिर गराई उपचार गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ । विपद्‌का घटना र जोखिमयुक्त अवस्थालाई जोडेर मन्त्रालयलले यस्तो निर्देशन दिएको हो ।

 

आफ्नो स्वास्थ्य संस्थामा थप सेवा उपलब्ध नभए मात्रै अन्यत्र रिफर गर्न मन्त्रालयले आग्रह गरेको छ । यसरी अर्को अस्पतालमा पठाउँदा सो अस्पतालसँग समन्वय गरेर बिरामीलाई चाहिने सेवा उपलब्ध हुने अवस्थामा मात्र पठाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

 

नेपालको संविधानले नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगर्ने भनेको र जनस्वास्थ्य ऐन २०७५ ले आपतकालीन अवस्थामा परी जीवन जोखिमयुक्त अवस्थामा रहेका व्यक्तिहरुको जीवनलाई जोखिममुक्त गर्न, जीवन वा अंग गुम्नबाट बचाउन आवश्यकता अनुसार दिनुपर्ने तत्कालको सेवालाई आकस्मिक सेवा भनेको छ ।