साझेदारी गर्नुहोस्

कवि तथा गीतकार नारायण नेपालको शब्द रहेको गीत ‘आऊ नाचौँ छम्छमी´ बजारमा आएको छ ।

सोमबार `फोकस फोनिक्स प्रोडक्सन’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायिका मेलिना राई र गायक प्रकाश नगरकोटीको आवाज रहेको छ । यस्तै, गीतमा राम धिमालले संगीत भरेका छन् ।

तीज, बिहेबटुलो र विविध सांस्कृतिक कार्यक्रममा प्रेमिल प्रस्तुति जोड्न मिल्ने उक्त गीतले प्रेम र जीवनबोधको मृदुल भावलाई समेटेको छ ।

सुमित्रा सञ्जिलाले निर्देशन गरेको भिडियोमा इन्जिनियर के.ताम्राकार, प्रिया गुरुङ, अनिता थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ । राज धामीले सम्पादन गरेको भिडियोमा नवीन तोलाङ्गी (सुजन) भने सिनेमेटोग्राफर रूपमा जोडिएका छन् ।

शैपाल प्रोडक्सन घट्टेकुलोको पोस्ट प्रोडक्सनमा बनेको गीतको भिडियोको छायांकन भने भुपेन्द्र बमले गरेका छन् ।

प्रस्तुत गीतको लिङ्क यसप्रकार छ:👇️