साझेदारी गर्नुहोस्

नायक राजेश हमाल पुनः ठूलो पर्दामा फर्किने भएका छन् । उनको कमब्याक रहने फिल्मको नाम भने घोषणा भएको छैन । 

हमालले दिवाकर भट्टराईको निर्देशन रहने एक ‘अनटाइटल’ फिल्मका लागि आइतबार सम्झौता गरेका हुन् । सम्झौतापछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘लामो अन्तरालपछि दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्ममा काम गर्दैछु ।’

हमाल पछिल्लो फिल्म ‘सकुन्ता’मा देखिएका थिए । सो फिल्म प्रदर्शनमा आएको करिब ८ वर्ष भएको छ । उनी म्युजिक भिडियोमा र व्यवसायिक विज्ञापनमा अभिनय गर्दै आएका छन् । 

विभिन्न सार्वजनिक कार्यक्रममा उनले उपयुक्त स्क्रिप्ट खोजीमा फिल्मबाट विश्राम लिएको बताउँदै आएका थिए ।