साझेदारी गर्नुहोस्

राजीनामा दिएर प्रधानमन्त्री शेख हसिनाले देश छाडेपछि ढाकास्थित उनको सरकारी निवासमा प्रदर्शनकारीले लुट मच्चाएका छन् ।

बंगलादेशमा हसिनाको राजीनामापछि प्रदर्शनकारी ढाकास्थित प्रधानमन्त्रीको आवासमा छिरेका थिए । तस्वीरहरूमा प्रदर्शनकारीलाई प्रधानमन्त्री आवासको सामान उठाएर लगिरहेको देख्न सकिन्छ।

बंगलादेशका स्थानीय टेलिभिजन च्यानलहरुमा देखाइएका फुटेजहरुमा प्रदर्शनकारीहरु प्रधनमन्त्री निवासबाट सोफा लगायतका सामानहरू लैजाँदै गरेको दृष्य देखिएको हो ।

बंगलादेशमा गत महिनबाट विद्यार्थीहरूले कोटा प्रणाली खारेजीको माग गर्दै आन्दोलन सुरु गरेका थिए । पछिल्लो समय उक्त आन्दोलन हिंसात्मक बन्दै गएको थियो ।