साझेदारी गर्नुहोस्

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बङ्गलादेशमा जारी आन्दोलनका कारण त्यहाँ रहेका नेपाली विद्यार्थीको सुरक्षामा सक्रिय रुपमा लाग्न ढाकास्थित नेपाली दूतावासलाई निर्देशन दिएकी छन्।

मन्त्री डा. राणाले ढाकास्थित नेपाली राजदूतसँग टेलिफोनमार्फत त्यहाँको पछिल्लो अवस्थाका बारेमा जानकारी लिँदै उनीहरूको आवश्यक सुरक्षा तथा सहयोगार्थ लाग्न निर्देशन दिएकी हुन्। बङ्गलादेशमा रहेका विद्यार्थीलगायत सबै नेपाली सुरक्षित रहेको बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीजीले जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ।