साझेदारी गर्नुहोस्

रोटर्‍याक्ट क्लब अफ भादगाउँको  अध्यक्षमा बिनायक दाहाल चयन भएका छन् ।

काठमाडौं थमेस कलेजमा आयोजित ‘दसौँ इनस्टलेशन सेरेमोनी’मा क्लबको निवर्तमान अध्यक्ष आर्यन कटेलले दाहाललाई कार्यभार हस्तान्तरण गरेको थिए ।

अध्यक्षमा चयन भएपछि दाहालले आफ्नो कार्यकालमा रोट्याक्टरहरूको नेतृत्व विकास तथा अन्य सीप विकासमा थप कार्यक्रमहरू आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरे । १८५ क्ल्ब जस्मा ६०००+ रोटर्याक्टरको यो समुहमा एकदम मेहनतका साथ काम गर्ने उन्ले जनाय।

लामो समयदेखि सामाजिक कार्यक्रम गर्दै आएको क्लबको यस कार्यक्रममा सय जना भन्दा बढी रोट्याक्टर तथा अन्यको उपस्थिती रहेको थियो । कार्यक्रमको प्रमुख अतिथी रोटरियन दिल्ली गिरि थिये भने रोटर्‍याक्ट डिस्टरिक ३२९२ को IPDRR रोटरियन/रोट्याक्टर रोशन कार्कीको उपस्थिति थियो।

रोटर्याक्ट क्लबले समुदायका नेतृत्वदायी व्यक्त्तित्वहरुको विचारहरू आदानप्रदान गर्ने, नेतृत्व र व्यावसायिक सीपहरू विकास गर्ने लगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

बिगत्को दिनमा येस क्ल्बले विभिन्न कर्यहरुमा अफ्नो साथ सहयोग दिदै अयेको छ र अब पनि अझै धेरै काम गरि समाजमा रोटर्याक्ट क्लबको बरेमा अरुलाई नि ज्ञान दिदै अगाडि बढने छ भनेर दाहालले जनाय।