साझेदारी गर्नुहोस्

कर्णालीका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । नेपाली कांग्रेसका तर्फबाट सिफारिस भएका चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनीहरूलाई प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार शपथ खुवाएका हुन् ।

कांग्रेसका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्रीमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी मन्त्री बनेका छन् ।

मन्त्रीका लागि उनीहरूको नाम शुक्रबार नै पठाइए पनि आन्तरिक तयारी नपुगेको भन्दै मुख्यमन्त्री यामलाल कँडेलले शपथ अगाडि बढाएका थिएनन् । आठ सदस्यीय मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमाले र चार मन्त्रालय कांग्रेसले लिएको छ ।