साझेदारी गर्नुहोस्

नेपाल एसीसी वुमन्स एसिया कप २०२४ को समूह चरणबाटै बाहिरिएको छ । भारत भने ३ खेलमा अपराजित रहँदै सेमिफाइनल प्रवेश गरेको छ ।

समूह ए मा रहेको नेपाली महिला टोली श्रीलंकाको राङगिरी डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा भर्खरै सम्पन्न खेलमा भारतविरुद्ध ८२ रनले पराजित भएसँगै प्रतियोगिताबाट बाहिटस जितेर पहिलो इनिङमा ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा नेपालविरुद्ध विशाल योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ९ विकेट गुमाएर ९६ रनमात्रै जोड्न सक्यो ।

नेपालकी ब्याटिङ ओपनर सीता रानामगरले २२ बलमा ३ चौकासहित सर्वाधिक १८ रन जोडिन्‌ । कप्तान इन्दु बर्माले १८ बलमा २ चौकासहित १४ र रुबिना क्षेत्रीले १६ बलमा २ चौका र १ छक्कासहित १५ रन बनाउँदा विन्दु रावल १९ बलमा २ चौकासहित १७ रनमा नट आउट रहिन् ।

नेपालका लागि ब्याटिङतर्फ सम्झना खड्का ७, कविता कुँवर ६, डली भट्ट ५, पूजा महतो २, र काजोल श्रेष्ठले ३ रन योगदान गरे । भारतका लागि दिप्ती शर्माले ३, अरुणधिता रेड्डी २, राधा यादव २/२ रेनुका सिंहले १ विकेट लिए ।