साझेदारी गर्नुहोस्

सुधिर नेपाल ,

गाउँको पानी पँधेरो, जंगलका घाँस र गाइगोठालामा रमाईरहेकी उनि शहरीया जिवन र शहरीया माहोल सँग त्यति भिजि सकेकी थिइनन । झन खेलकूद त उनको लागि एउटा सपनाको पहाड नै थियो जसले उनलाई हरेक दिन एकहोरो तहले हेरिरहन्थे । उनलाई पहाडको हिडाई, पानी पँधेरो, जंगलको घाँस र गाई चरन नै रमाइलो लागि रहन्थ्यो।

पहाडकी केटी भएर होला उनलाई पहाड पखेराहरु सँग निकै मोह थियो । दैनिक जसो पहाडको तलमाथि गर्दा गर्दै साच्चै उनी पहाडकी छोरी भएकी थिईन । हो त्यही पहाडले उनलाई एक किर्तिमानी धाविका(ट्रेल रेसर) बनाउन सहयोग पुर्याएको हो । ट्रेल रेसरको रुपमा बिना कुनै प्रशिक्षण आफूलाई उभ्याउन सफल भएकी ट्रेल धाविका हुन् खोटाङकी निर्मला राई ।

बिजयी पछिको खुशी

साँच्चै एक ज्वलन्त उदाहरण बनेकी छिन ट्रेल रनिङमा निर्मला। यो खेलमा न उनको कुनै समूह छ न त उनलाई कसैको भर । खाली भर छ त एउटा हिम्मतको । हो त्यहि हिम्मत नै उनको साहारा बनेको छ । एक्लै सङघर्ष गरेर कठिन समयहरुलाई पार लगाउँदै यहाँ सम्म आइपुगेकी निर्मला खेललाई भित्री आत्मा देखी माया गर्छिन ।

उनी न कुनै टिममा छन न कसैको भरमा उनी आफ्नो हिम्मतले आफै दौडिरहेकी छिन।एक्लै सङघर्ष गरेर कठिन समयहरुको बाबजुद पनि खेललाई पहिल्यैदेखि अत्यन्तै मन पराउने र मायाँ गर्ने गर्थिन तर आफू भने सहभागी हुन सकिनन। यस बिचमा धेरै कारण हरुले खेल मैदानमा उभिन नसके पनि पछिल्लो समय ट्रेल रनिङमा निकै छाप छोडिसकेकी छिन। उनले नेपालको चर्चित ट्रेल रेसहरुमा दमदार जित हासिल गरेकी छिन ।

एक्लै सङघर्ष गरेर कठिन समयहरुको बाबजुद पनि खेललाई पहिल्यैदेखि अत्यन्तै मन पराउने र मायाँ गर्ने गर्थिन तर आफू भने सहभागी हुन सकिनन। यस बिचमा धेरै कारण हरुले खेल मैदानमा उभिन नसके पनि पछिल्लो समय ट्रेल रनिङमा निकै छाप छोडिसकेकी छिन।

यस बिचमा धेरै कारणहरुले खेल मैदानमा उभिन नसके पनि पछिल्लो समय ट्रेल रनिङमा उनको चर्चा चुलीमा छ । उनले नेपालको चर्चित ट्रेल रेसहरुमा आफनो क्षमता प्रर्दशन गरीसकेकी छिन् ।अन्नपूर्ण,सैलुङ,खिजिदेम्बा,एभरेष्ट ट्रेल भ्यु,मन्जुश्री जस्तो ठूलो र चर्चित रेसहरुमा निकै बलियो प्रतिस्पर्धी र निकै अगाडि देखि ट्रेल रनिङमै आबद्ध रहेको खेलाडीहरुलाई पछि पार्दै उपाधि हात पार्न सफल भएकी निर्मलाले छोटो समयमा आफूलाई एक अब्बल खेलाडीको रुपमा प्रस्तुत गरिसकेकी छिन् ।

निर्मला किन खेल क्षेत्रमा यसरी दत्तचित्त भएर लागिन यसको बास्तविकता बारे निर्मला भन्छिन्, खेल मैदानमा खेलाडीलाई हुने दुख, पारिवारीक बातावरण देखी खेलाडीको पारिश्रमीक र एउटा खेलाडीको ख्याति बारे जानकारी लिनु पनि उनको उद्देश्य रहेछ ।आफनो भन्दा आफना साथीभाईको प्रगति प्रति ज्यादै सद्भाव र लगाव राख्ने निर्मला अहिले ट्रेल रेसमा किर्तिमानी हासिल गर्ने खेलाडीको रुपमा दरिएकी छिन् ।

बिना प्रशिक्षण पहाडमा दौडने( ट्रेल रेस)मा आफूलाई होम्याएकी निर्मला भन्छिन् , “पहिला त यो खेलको बारेमा त्यति थाहा थिएन । तर अन्तर्राष्ट्रिय धाविका प्रिया राई दौडिएको देखेर उत्साहित भएकी निर्मलालाई पनि यो खेलमा केही गर्ने जोश जागेर आयो । त्यही उत्साह नै उनको जिवन भएको छ । अनि प्रिया नै उनको श्रेय भएकी छिन् ।

 

सफलता पछि हात मिलाउँदै

सकस र कठिन खेलको रुपमा चुनिएको ट्रेल रेसलाई अहिले निर्मलाले सजिलै आफनो काँधमा लिएकी छिन् । जसले गर्दा एक पछि अर्को किर्तिमान कायम गर्न पनि उनी सफल भएकी छिन् । नेपालमा केही वर्षअघिबाट सञ्चालनमा आएका ट्रेल खेलका कारण विस्तारै स्वदेशी र विदेशी पर्यटकसमेत आउन थालेका छन् । प्रकृतिको सुन्दरतामा विदेशी मन्त्रमुग्ध हुने गरेको स्थानमा अहिले यस्ता ट्रेल खेलले झनै रौनक थपेको छ । त्यही रौनकतालाई बढाउनको लागि निर्मला जस्ता खेलाडीहरु लागेका छन् ।

खोटाङबाट काठमाडौं झरेकी निर्मलाले औसत खेलाडीहरुको जस्तै जिवनको दुख र भोगाई झेलेकी रहेछिन । खेलमा एकतत्र रुपले लाग्नु अगाडी दैनिक जिविकोपार्जनको लागि निर्मलाले काठमाडौंका विभिन्न कार्यालयहरुमा आफूलाई दौडाएकी थिईन। भन्छिन् , “जिवन भनेको संघर्ष हो यसको कुनै सिमा हुँदैन“।

काठमाडौं बसाईमा निर्मलाले मार्केटिङ देखी सुरक्षागार्ड सम्मको जागीर गरेकी थिईन । फाइनान्सको अर्थ संकलन देखी होटलको भाँडाले दिएको दुखको यादले अहिले पनि उनको मन कट्क्क खानेगर्छ । जिवनको भोगाई र दुखमा रम्दै गरेकी निर्मलाको मन त्यति बेला खुशी भएको थियो जतिबेला उनले नेपालको सबैभन्दा लामो मञ्जुश्री ट्रेल रेस एक सय माइल अर्थात् एक सय ७० किलोमिटरको दूरीमा कोर्स रेकर्ड गरिन।यो साँच्चै कसैले सोचेको कुरा थिएन एक त उनी पहिलोपटक यति लामो रेसमा भाग लिदै थिईन एक त उनी अघिल्लो बर्षको विजेता सँग प्रतिस्पर्धा गर्दैथिईन ।

अर्को कुरा उनको सहयोगी कोहि थिएन।तर पनि हिम्मतका साथ अन्तिममा जितेर छोडिन। जुन उनको जिवनको ठूलो सफलता पनि थियो । निर्मलाले यो रुटमा कायम यस अघिको कीर्तिमानलाई बिना कुनै प्रशिक्षण सजिलै एक घण्टाभन्दा बढी समयको अवधिमा पार गरेर रिर्कड ब्रेक गरेकी थिईन। एउटा अब्बल र अन्तराष्ट्रिय ट्रेल रेसरको रुपमा आफूलाई स्थापित गर्न लागि परेकी निर्मलाले यो खेलमा लागेको धेरै समय नभएपनि यो खेलमा आफनो परिचय भने बनाई सकेकी छिन् ।

छोटो समय र खेल प्रतिको लगावले उनले धेरै दौडहरुमा आफूलाई अब्बल तुल्याई सकेकी छिन् । खेलको पहिलो सहभागीतामा नै नसोचेको सफलताहरु मिल्दै गएपछि उनको हौसलाले सीमा नाघेको छ । निर्मलाले बिदेशी बाट पाएको एक जोर जुत्ताले सबै रेस जितेकी रहेछिन ।अहिले त्यो जुत्ताले खुट्टा पोल्न थालेको छ । निर्मला भन्छिन्, ट्रेल रनिङको लागि जुत्ता महँगो हुने र बजारमा त्यति नपाईने हुनाले धावक धाविकाहरुलाई समस्या हुने गर्दछ । उनकै शब्दमा एउटा धावीकाको लागि उसको मुख्य पहिरन बस्तु भनेको जुत्ता,घडि र खाने डाईट नै हो । जसले खेलको लागि महत्वपूर्ण भूमीका खेलेको हुन्छ ।