साझेदारी गर्नुहोस्

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कांग्रेस–एमाले गठबन्धन सरकार पूरा अवधिसम्म अगाडि बढ्ने बताएका छन् ।रिपोटर्स क्लब नेपालले शनिबार काठमाडौंमा गरेको साक्षात्कारका उनले शीर्ष नेताहरूले सुजबुझका साथ गठबन्धन बनाएको बताउँदै २०८४ को निर्वाचनसम्म यही गठबन्धन सरकार अगाडि बढ्ने दाबी गरेका हुन् ।

सरकार फेरबदलबाट जनता हैरान भइसकेको बताउँदै कांग्रेस-एमाले गठबन्धन अन्तिम विकल्प रहेको उनले बताए । उहाले कांग्रेस-एमाले नेतृत्वको सरकार तानाशाही बन्छ भन्ने कुरामा सत्यता नरहेको जिकिर गरे । सरकारले लोकतन्त्रलाई सुदृढ बनाउने, गणतन्त्रलाई संस्थागत गर्ने र यसमा भएका कमीकमजोरी सुधार गरेर अगाडि बढ्ने उनको भनाइ छ ।