साझेदारी गर्नुहोस्

दार्चुलाको शैल्यशिखर नगरपालिका स्थित एक नम्बर वडाले  आफ्नै रकमबाट एम्बुलेन्स किन्ने भएको छ ।

बुधबार बलाँच स्थित उक्त वडाले यस आर्थिक वर्षमा आउने रकम बाट अन्य योजना कटाएर एम्बुलेन्स किन्ने निर्णय गरेको हो ।

वडाध्यक्ष भरत बहादुर खडायतको अध्यक्षतामा बसेको वडा समितिको बैठकले बलाँचका लागि एम्बुलेन्स किन्न २० लाख रुपैयाँ विनियोजन गरि  खरिद कार्य अघि बढाउने निर्णय गर्‍यो ।

अध्यक्ष खडायतले वडाका अति आवश्यक योजना बाहेक अन्य योजना कटाएर आफ्नो छुट्टै एम्बुलेन्स किन्ने निर्णय गरेको र जसबाट बलाँचबासी जनता खुसी भएको जनाएका छन् ।