साझेदारी गर्नुहोस्

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अहिलेको मुख्य चुनौति निजी क्षेत्रको आत्मबल बढाउनु रहेको भन्दै आशावादी भइदिन आग्रह गरेका छन् ।  मुलुकमा स्थायित्व कायम गर्नकै लागि ठूला दल मिलेर नयाँ सरकार बनेकाले राजनीतिक समीकरणलाई समेत हेरेर आशावादी भईदिन उनले निजी क्षेत्रलाई आग्रह गरेका हुन् ।

नेपाल उद्योग परिसङ्घ (सीएनआई) पदाधिकारीसँग अर्थमन्त्रालयमा छलफल गर्दै मन्त्री पौडेलले नीतिको स्थिरता र कार्यान्वयनको स्थायित्व आवश्यक रहेकाले यसमा केन्द्रित भई सरकारले काम गर्ने बता । विश्वास जागृत गर्न नसकेसम्म देश अघि बढ्न नसक्ने र अहिलेको आफ्नो चुनौति निराशा चिर्ने र आशा जगाउने रहेको उनले बताए । निजी क्षेत्रको मनोबल टुटेको खण्डमा सबैकुरा टुट्ने भन्दै उनले बजारको माग, उत्पादन, क्रय शक्तिको वृद्धि गर्न ध्यान दिने बताए ।

अहिलेको मुख्य समस्या भनेकै जबसम्म हामीले विश्वास जागृत गर्दैनौँ, त्यो आत्मविश्वास दिँदैनौँ, देश कतै पनि अघि बढ्नै सक्दैन । मैले अहिले के कुरामा बढी जोड दिन चाहिरहेको छु भने अहिलेको समस्या भनेको निराशा चिर्ने, आशा जगाउने हो । के गर्दा हुन्छ, तेल हाल्दा हुन्छ की, घ्यु हाल्दा, दियो बाल्दा, मैनबत्ती बाल्दा हुन्छ की, टर्च लाइट बाल्दा हुन्छ निराशा चिरेर आशा जगाउनुपर्छ । ’ उनले भने, निजी क्षेत्रको मनोबल टुट्यो भनेदेखि के हुन्छ रु सबैकुरा टुट्छ । माग घटेको छ, उत्पादन घटेको छ, खर्च गर्ने सामथ्र्य घटेको छ । कालोसूचि बढेको छ, लिलामी बढेको छ ।

रोजगारी घटेको छ । समस्याको चाङ छ । उत्साही भएर जानुस् । यो चुनौति कसरी सामना गर्ने रु यसका विभिन्न कारण छ । यसको आन्तरिक र वाह्य कारण छ । आन्तरिकमा राजनीतिक कारण पनि छ । मुख्य रुपमा देशमा स्थिरता र स्थायित्व भएन भने त्यसको बहुआयामिक प्रभाव हुन्छ ।’