उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलसँग छलफल गरेरै संविधान संशोधनको प्रक्रिया अघि बढाइने बताएका छन्।
बुधबार रुपन्देहीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले संविधान संशोधनका लागि कांग्रेस र एमाले सम्मिलित कार्यदलले आन्तरिक रूपमा काम गरिरहेको बताए।
‘संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन कांग्रेस र एमालेको कार्यदल गठन भइसकेको छ। कार्यदलले सबै राजनीतिक दलसँग छलफल गर्छ। सबै दलहरूसँग गरेर नै संविधान संशोधनको प्रक्रिया अगाडि बढ्छ’, उनले भने।