नेपाली कांग्रेसका नेता तथा सांसद डा. शशांक कोईरालाले नेपाली कांग्रेसले विपी कोईरालाका विचार अंगालेर अगाडि बढ्न जरुरी रहेको बताउनुभएको छ ।
बुधबार नेपाली कांग्रेस रामेछाप-काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।
नेता कोईरालाले कुनै पनि नेताले समाजका लागि सोच्न जरुरी रहेको बताउनुभयो । समाजका लागि सोचेमात्रै राजनीति हुने बताउनुभयो । आफ्नो मात्र चिन्ता गरेर राजनीति नचल्ने उहाँको जिकिर छ । उहाँले नेपाली समाज वर्षौं पुरानो रहेको उल्लेख गर्दै त्यो समाजलाई निरन्तरता दिने काम नयाँ पुस्ताको भएको बताउनुभयो ।
देशको विकास र समृद्धिका लागि सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा नेता कोईरालाको जोड थियो ।