साझेदारी गर्नुहोस्

आइतबार पूँजीबजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१९ अङ्कले घटेको छ । आज नेप्से ०.३४ प्रतिशतले घटेर २६१७.९५ बिन्दुमा झरेको हो ।

करोबार अवधिभर आज चार अर्ब ७३ करोड २४ लाख ८७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज एक करोड ११ लाख ३४ हजार १७८ कित्ता शेयर किनबेच भएको हो ।

आज ९१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयरमूल्य स्थिर छ । आज दिनभरमा ३२० वटा कम्पनीको शेयर कारोबार भएको हो । ५६ हजार ६४६ पटक शेयर किनबेच भएको छ ।