साझेदारी गर्नुहोस्

दशैँलाई लक्षित गरेर चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै नेपालमा ६ करोड ११ लाख ६४ हजार रुपैयाँको तास आयात भइसकेको छ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको दुई महिनामा २० लाख ७ हजार ८ सय ९२ बुक तास आयात भएका छन्।

गत वर्षको सोही अवधिमा ६ करोड ४४ लाख ८० हजार रुपैयाँ बराबरको तास आयात भएको थियो। यस अवधिमा २२ लाख ९७ हजार ६ सय २६ बुक तास आयात भएको थियो।

अघिल्लो वर्ष २०८०/८१ मा भने ३२ करोड १८ लाख ८७ हजार रुपैयाँ बराबरको तास आयात भएको थियो।