साझेदारी गर्नुहोस्

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सर्पदंशका बिरामीको लागि उपचार केन्द्र स्थापना गर्न भारत सरकारले सहयोग गर्ने भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को क्षेत्रीय बैठकबाट फर्किएपछि विमानस्थलमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा सर्पले टोकेर हुने जोखमको उपचारका लागि उपचार केन्द्र बनाउन भारतले सहजीकरण गर्र्नेबारेमा भारतीय स्वास्थ्यमन्त्रीले प्रतिवद्धता जनाउनुभएको बताउनुभयो ।

स्वास्थ्यमन्त्री पौडेलले क्षेत्रीय बैठकका क्रममा भारतीय स्वास्थ्यमन्त्रीसँग आफ्नो भेट भएको बताउनुभयो । भेटमा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भारत सरकारले सञ्चालन गर्दै आएको एम्स अस्पतालसँग समझदारी भएर सहकार्य भइरहेका कामहरु बीचमा समयावधि सकिएका कारण रोकिएको स्थितिको अन्त्यका लागि प्रयास गरेको बताउनुभयो ।

पुनः समझदारी गरेर एम्स र विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका बीचमा पहिलेको समझदारीलाई कायम गर्नेगरी मौखिक समझदारी व्यक्त भएको बताउनुभयो ।

स्थ्यमन्त्री पौडेलले डब्ल्युएचओसँग समन्वय गरेर नेपालमा चलिरहेका कार्यक्रमहरुलाई अझ बढी कसरी प्रभावकारी बनाउने र हेटौँडामा रहेको सरुवा रोग केन्द्रलाई डब्ल्युएचओको सहयोगमा अनुसन्धान केन्द्रका रुपमा विकसित गर्नेबारेमा छलफल भएको बताउनु यो । डब्ल्युएचओका रिजनल डाइरेक्टरले पनि सरुवा रोग केन्द्रलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको बताउनुभयो ।