साझेदारी गर्नुहोस्

सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ।

आज तोलामा चार सय रुपैयाँ बढेर सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो बनेको हो।

आज सुन तोलाको एक लाख ६१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो अहिलेसम्मकै सबैभन्दा महँगो मूल्य हो।